राष्ट्रीय सभा निर्वाचन: राजपा -नेकपा गठबन्धनको तुलसा दहाल विजयी

राजपा – नेकपा गठबन्धनको तुलसा दहाल ४६८ मतभारले बिजयी भएकी छिन। प्रदेश २ मा ३ सय ७९ जना मतदाता रहेका छन् । प्रदेशमा १ सय ७ जना सांसद छन् भने १ सय ३६ स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी २ सय ७२ जना छन् ।

राष्ट्रियसभा सदस्यको चार पदका लागि दुई गठबन्धनबाट आठ जनाको उम्मेदबारी परेको हो। नेकपा–राजपा र कांग्रेस–समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदबारी दिएका थिए ।