रौतहटमा हावाहुरी, नेपाल टेलिकमको टावर क्षतिग्रस्त

 

  • दीपक कुमार

रौतहट, जेठ ७ गते । अम्पुन चक्रवात नामक हुरी ,बतास र मुसलधारे पानीले मंगलवार बिहान रौतहट पुर्ण रूपमा प्रभावित भइ करोडौंको क्षति पुर्याएको छ ।

बिहानको समयमा एक्कासि आएको अम्पुन चक्रवात हुरीले दुर्गा भगवती गावपालिका वार्ड न.१ अवस्थित रहेको नेपाल टेलिकमको टावरलाई क्षतिग्रस्त बनाएको छ । टावर क्षति पुर्यापछि सो क्षेत्रका ग्रामिणहरु प्रभावित हुनपुगेका छ्न ।

दुर्गा भगवती गावपालिका अन्तर्गत रहेका भलोहिया, पचरुखी, मत्सरी लगाएतका बासिन्दाहरु करिब १० हजार नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरु कुरा गर्न बाट बन्चित हुनपुगेको नेपाल टेलिकम गौर शाखाका प्रमुख महेश झाले बताउनु भएको छ ।

प्रमुख झाका अनुसार क्षतिग्रस्त टावर पुरानो भएको कारणले हुरीले क्षति पुर्याएको हो, नयाँ टावर निर्माणको लागि कार्य भइरहेको समयमा क्षति हुनु एउटा संयोग हो । गौर शाखाको रेडियोलिजष्ट बाट संचालनमा रहेको सो टावर क्षतिग्रस्तले राम्रै संकेतको रूपमा लिनुपर्ने सेवाग्राहीलाई सुझाएको हो ।

नयाँ टावर एक दुई दिन भित्रै जडान गरि संचालनमा ल्याउने कार्यलय प्रमुख महेश झाले बताउनु भएको छ ।