प्रदेस ५ सामाजिक विकास मंत्रीको विज्ञप्ति: कोरोना संक्रमित प्रअको निधन, स्वास्थ्य मन्त्रालय मौन

काठमाडौं– प्रदेश ५ ,  गुल्मीका ४१ वर्षीया पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति निकाल्दै क्रिमसन अस्पतालमा उपचारत गुल्मीका ४१ वर्षीया कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा मन्त्री बरालले अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको बताएका छन् ।

मन्त्री बरालले जारी गरेको विज्ञप्तिमा मृतक ४१ वर्षीय पुरुष देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको जनाइएको छ ।

यसअघि कोरोना संक्रमितको तथ्यांक र मृत्युको घटनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक सार्वजनिक गर्ने गरेको थियो । तर गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको ५ घण्टा बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।