ईदको अवसरमा धनुषा चेम्बरद्वारा १०१ परिवारलाई राहत

  • घनश्याम मिश्र

धनुषामा विपन्न गरीव मुश्लिम समुदायका परिवार जनलाई आज आज ईद पर्वको अवशर पारेर पर्व मनाउँन भनेर धनुषा चेम्बर ऑफ कमर्सले ईद सामग्री लुगा र सखर- सेबई वितरण गरेको छ।

जनकपुरको वार्ड- ७ स्थित एक योग शिविरमा सामाजिक दूरी कायम गरेर १०१ परिवारलाई सामग्री वितरण गरिएको हो ।

सामग्री वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले लक डाउनको समयमा ईद मनाउदा मदर्शा वा मस्जिदमा भीड़भाड़ न गरि घर बाट नै पर्व मनाउन आग्रह गरेका छन ।

निरौलाले प्रमुख अतिथिको रुपमा बोल्दै धनुषा चेम्बर गरेको यो सामाजिक कार्य सामाजिक उत्तर दायित्वलाई मुक्तकंठले प्रसंशा गरेका थिए ।

उनले हिन्दू होश या मुश्लिम अहिले कोरोना संक्रमणको बेला घर बाट नै आफ्नो रीति रिवाज र मान्यता अनुसार पूजा पाठ गर्न गराउन अनुरोध गरे । नेपाल चेम्बर ऑफ कमर्ष प्रदेश नं २ का संयोजक पवन ठाकुरले आफूहरु समाजको एक अभिन्न भएकोले गर्दा सामाजिक उत्तर दायित्व निर्वाह गर्दै समाजमा रहेका विपन्न आसहाय परिवारजन १०१ जनालाई लुंगी, सर्टको कपड़ा एक थान र सबईका साथै सखर (चीनी) समेत पर्व मानाउँ उपलब्ध गरेको बताउनु भयो ।

धनुषा चेम्बरका अध्यक्ष विजय साहको अध्यक्षतामा सामग्री वितरणको क्रममा वार्ड ७ का वार्ड अध्यक्ष जानकी राम साहले स्थान उपलब्ध गराएका थिए । सेनिटाइजर , मेडिकल टीम सहित डॉक्टर समेतको सहयोग वार्ड ७ को तर्फ बाट नै रहेको चेम्बरका अध्यक्ष विजय साहले जनाए ।

कार्यक्रममा धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरि उपरीक्षक रमेश कुमार बश्नेत, शसस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेती र रास्ट्रीय अनुशंधान धनुषाका प्रमुख समेतको उपस्थिति रहेको थियो ।

यतिबेला मुलुक लक डाउनमा छ । सामाजिक दूरी कायम राखदै व्यक्तिहरु आ आफ्नो अति आबश्यक कार्यहरु गर्दै आएको छ । बिभिन्न समुदाय र जात जातिहरुले पनि आ आफ्नो रीति रिवाज अनुसार पर्व , त्यौहार र चाड पर्व पनि लकडाउन विच सौहार्दपूर्ण रुपमा सामाजिक दूरी कायम गरि मनाउदै आएका छन । मुश्लिम समुदायले प्रत्येक वर्ष मनाउने रमजान यस वर्ष पनि मनाउदै छन तर मदर्शा र मस्जिदमा भीड़भाड़ देखिएको छैन । घर बाट नै पाँच समय नवाज अदा गर्न धनुषा जिल्ला प्रशाशनले गरेको निर्णय अनुसार नै यति बेला मदर्शा वा मस्जिद न गएर घर बाट नै नवाज पढ़ने गरेको जानी खानले न्यूज २४ लाई जानकारी दिए ।

सामग्री वितरण कार्यक्रममा धनुषा चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र, उपाध्यक्ष सलामत राइन लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ताजा खबर