ल्यांडिंग पूर्व पाकिस्तानमा ठुलो विमान दुर्घटना

फोटो/ सीबीएस न्यूज

एजेंसी: पाकिस्तानको कराँचीमा  विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ । राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार रहेको जनाइएको छ ।