जुवाडेहरु जनकपुरमा रंगेहात पक्राउ

 

जेष्ठ ०९ जनकपुरधाम । धनुषाको जनकपुर उप-महानगर पालिका वार्ड ९ स्थित पिडारी चौकमा रहेको जानकि वाटिका गेष्टहाउस भित्र तास खेलिरहेको पांच जना व्यक्तिलाई आज गोप्य सुचनाको आधारमा धनुषा प्रहरीले रंगे हाथ पक्राउ गरेको छ ।

प्रहरी अधिकृतको कमाण्डमा टोलिले तास खेल्दै गरेको अवस्थामा नगद रु.२ लाख ७ हजार ५ सय ८५ नगद सहीत पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता रामेस्वर कार्कीले  जानकारी दिएका हुन ।

पक्राउ पर्नेहरुमा जिल्ला धनुषा मिथिला बिहारी न.पा.-७ बस्ने बर्ष ५६ को किशोरी साह, जनकपुर उ.म.न.पा.-८ बस्ने बर्ष ५५ को बिल्टु बरही, ज.उ.म.न.पा. १३ बस्ने बर्ष ३५ को मोसतकिङ राईन, ज.उ.म.न.पा. १३ बस्ने बर्ष ४७ को जसिन कवाडि र ज.उ.म.न.पा. १३ बस्ने बर्ष ३४ को रमेश साहु भन्ने व्यक्तिलाई धनुषा प्रहरीले दुई लाख सात हजार पाचसय पचासि रुपैया सहित नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढ़ायेको प्रहरीले जनाएका छन ।

पक्राउ गरिएको पांचैजनालाई अहिले जिल्ला प्रहरी कर्यालय धनुषामा राखिएको छ ।