कोरोनाबाट ११ जनाको मृत्यु, मृत्यु हुनेमा २० वर्षीय युवा देखि ७६ वर्षिय बृद्ध

In this Thursday, Feb. 6, 2020, photo, an employee works in the pop-up Huoyan Laboratory specialized in the nucleic acid test on 2019-nCoV in Wuhan in central China's Hubei province. The coronavirus continues to spread as of Friday, Feb. 7, 2020, China reported more than 31,000 cases. (Chinatopix via AP)

काठमांडु। सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ।

bbbbb

यसअघि पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।