Tue. Jul 14th, 2020

जनकपुरका पसलहरु १२ बजेसम्म संचालन हुने

सरकारले जारी गरेको लक डाउनको दोस्रो महीना समेत बितेको छ। निकै दिनदेखि आम जनजीवन कोरोना महामारीको चपेटमा पर्ने देखिएको छ। स्थानिय स्तरमा सबै निकै अस्तव्यस्त भएका छन। व्यापरीहरू ठाउँ ठाउँम प्रतिकारमा उत्रिएका समेत भेटिएको छ । त्यसै विषयमा स्थानिय प्रशासन र धनुषा चेम्बर ऑफ कमर्स व्यापारीहरुको संगठन बीचमा भएको सम्झौता बैठकमा आज देखि १२ बजे सम्मको लागि निर्देशित पसलहरु संचालन गरिने सहमति भएको छ ।

आज धनुषा जिल्ला सुरक्षा समिति, जिल्ला समंबय समिति एवं धनुषा चेम्बर अफ कामर्सका पदाधिकारीहरू बाजार सहजिकरण एवं सुरक्षा सम्बन्धि बसेको बिशेष बैठकबाट औषधि पसल बाहेकका संपूर्ण पसल अपरान्ह १२ बजे सम्म खोल्ने सहमति भएको छ ।

प्रत्येक ब्यवसायीहरूले आफ्नो प्रतिष्ठान अगाड़ी अनिवार्य रुपमा सेनिटाइजर, साबुन पानी, मास्क, ग्लोब्स र सोसल डिस्टेंसको ब्यवस्थापन गरि सतर्कता पुर्वक अनुष्ठान संचालन गर्न अनुमति दिइएको छह।

त्यसरी संचालन हुनेमा सैलून, ब्यूटी पार्लर, सिनेमाहाल, होटल, रेस्टोरेंट नभएको र सोको व्यवस्थापनबारे विचार समेत भैरहेको जनाइएको छ।