Tue. Jul 14th, 2020

व्यापारीलाई कुटने प्रहरीलाई कडा कारवाही गर्न माग

 

जनकपुरको जानकी चोकमा रहेको गीता गिफ्ट हाउसका संचालक व्यवसायी श्याम चौधरीलाई प्रहरीले निर्घात कुटपिट प्रकरणमा प्रहरीलाई कारवाहीको माग गर्दै च्याम्बर ऑफ कमर्सले आज प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायाब महानिरीक्षक समक्ष ज्ञापनपत्र बुझाएका छन।

हिजो मात्र व्यवसायीलाई गरिएको कुटपिट भिडिओ सामाजिक सन्जालमा अपलोड गरिएको थियो। चेम्बरको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ गिफ्ट हाउसका संचालक श्याम चौधरीसँग दुर्ब्यवहार एवं निर्घात कुटपिट गर्ने प्रहरी माथि कड़ा कारबाहिको मांग गर्दछौं।’

ज्ञापन पत्र धनुषा चेम्बरका अध्यक्ष बिजय साहले प्रहरी नायब महानिरीक्षकलाई हस्तांतरण गरेका थिए। ज्ञापन बुझाएपछि नायब महानिरीक्षकद्वारा यथाशीघ्र कारबाहिको प्रतिफल आउने प्रतिबद्धता समेत जनाएको चेम्बर वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जनाएका छन।

कुटपिट पछि पक्राउ गरिएका गिफ्ट हाउस संचालक चौधरीलाई छुट्टाउन समेत चेम्बर ऑफ केमर्सले पहलकदमी लिएको थियो। नियंत्रण बाहिरिए लगत्तै चोधरीले आफ्नो फेसबुक सन्जालमार्फत चेम्बरलाई धन्यवाद ज्ञापन गरेका थिए।