बच्चन परिवार नै कोरोना संक्रमणमा परेपछि…

एजेंसी। सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उसम्पूर्ण परिवारलाइ  कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

हिजो मात्र अमिताभ र अभिषेक दुबैजनाले आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका थिए । उनीहरु नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेको सन्देशमा उल्लेख छ । उनीहरुलाई सङ्क्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।

संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भने, “७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उहाँहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।”

त्यस्तै अमिताभ बच्चनकी श्रीमती जया बच्चन सहित बुहारी एश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन, अमिताभ बच्चनकी श्रीमती जया बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

समाचार संस्था पीटीआईले दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।