समन्वय समिति रौतहट कार्यालय अगाडिको बाटो विकास

  • दीपक कुमार

गौर,२७ असार ।  जिल्ला समन्वय समिति रौतहटको प्रवेश द्वार अगाडि करिब दुई फिट पानी जमेर जलमग्न भएको छ ।

पानिको निकास नहुदा पानी जमेर जलमग्न भएको स्थान पानि घटे पछि हिलाम्मे बनेको छ। समितिको कार्यालय प्रागण पानि र हिलो भयपछि सेवाग्राही र कर्मचारीको लागि कष्टकर भएको छ । जिल्ला विकास समिति बाट रुपान्तरण भइ जिल्ला समन्वय समिति भएको बेला देखि नै कार्यालय सुनसान बन्ने गरेको छ ।

जनप्रतिनिधिको रूपमा जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल यादव र उपाध्यक्ष राम वशिष्ठ राय यादव सहित १५ जनाको वोर्ड सदस्य भए पनि कार्यालय र कार्यालयको प्रागण लथालिङ्ग अवस्थामा रहेको छ ।

जिल्ला समन्वय समितिमा कार्यालय मर्मत सम्भारको लागि वर्षौनी ५० लाख रुपैया आउने गरेको भएपनि उक्त रकम कुन शीर्षकमा खर्च भएको हो यसको कतै लेखा जोखा नरहेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जनसरोकारलाई जानकारी दिय ।

जिल्ला समन्वय समिति कार्यालयको प्रागण भित्रै रहेको प्राबिधिक कार्यालयका प्रमुखले हिलो ,पानी जे जस्तो सुकै अवस्था रहेपनि कुनै वास्था नगरेको त्यहा स्थित कार्यरत कर्मचारीहरुको गुनासो रहेको छ ।

प्राबिधिक कार्यालय रौतहटले प्रत्येक आर्थिक वर्षमा करोडौंको बजेट विकास निर्माणमा खर्च गर्छन् तर आफ्नै कार्यालयको प्रवेश द्वारमा पानी ,हिलो जमेकोमा बेवास्ता गरेको पाइएको छ ।
यस सम्वन्धमा कार्यालय प्रमुख सिवजी रायले आफुले एक महिना भित्रै अवकाश पाउने भयकाले हिलो होस् वा पानी , आफुलाई कुनै सरोकार न रहेको बताए ।

भर्खरै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की जिल्ला समन्वय समिति रौतहटको प्रमुख स्थानीय अधिकारीको थप जिम्मेवारी प्राप्त गरि कार्यालयको पुर्ण ब्यवस्थापनमा लागेका छन।

स्थानीय अधिकारीको जिम्मेवारी पाउना साथ गौर नगरपालिकाको कार्यालय ब्यवस्थापनको थप अनुभवलाई अझै अत्याधुनिक स्तरको कार्यालय बनाउनेतर्फ लागिपरेको कार्यालय प्रमुख सुमन कार्कीले बता ए।

जिल्ला समन्वय समिति रौतहटलाई सेवाग्राही , कर्मचारी र जनप्रतिनिधिको लागि नमुना कार्यालयको रूपमा स्थापित गरेर आफू सन्तुष्ट हुने कार्यालय प्रमुख कार्कीले प्रतिबद्धता जाहेर गरेका छन्

ताजा खबर