Fri. Jan 22nd, 2021

जनकपुरबाट घर हिडेका कापर मृत अवस्थामा फेला

रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ ।महोत्तरी जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो ।

धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् ।

कापरलाई सयौंँ स्थानीयवासी र प्रहरीको टोलीले व्यापक खोजतलास गरे पछि तिलगढमा मृत फेला परेका हुन।  अहिले शव फेला परेको ठाउँमा प्रहरीको उपस्थित रहेको जनाइएको छ।