Thu. Oct 29th, 2020

सांसद प्रदीप यादव पनि कोरोना संक्रमित रहेको पुष्टि

बीरगंज: समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादव पनि कोरोना संक्रमित रहेको स्वमले पुष्टि गरेका छन।

रात्रि ११:३२ बजेको आफ्नो फेसबुक पेज मार्फत आफू  आफ्नो पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिव रहेको फेला परेकोले स्वमलाई आईशोलेट गरेको छु भन्दै स्टेटस शेयर गरेका छन।

बीरगन्जमा कोरोना संक्रमणको अवस्था दिनानुदिन बढ्दै गएको छ। यस अघि बीरगंजका  मेयर विजय सरावगी पनि कोरोना संक्रमित पाईएका थिए। बीरगंजमा कोरोनाको संक्रमण ब्यापक बढ्दो अवस्थामा रहेको छ।

समयमै पूर्ण सचेत नरहनाले समस्या झन बल्झिदै गएको छ। यस अवस्थामा अजह पनि विज्ञ टोलीको अभाव कायम नै छ। असप्तालमा बेडको अभाव सिर्जना खतरा यथावत छ।  समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन सकिएको छैन।

यदपि तत्काल सांसद यादवको  स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। अहिले उनि  अफुलाई आइसुलेट गरेर राखेका छन।

सांसद यादवको फेसबुक पोस्ट:

‘आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।’

https://m.facebook.com/story.php?story_fbid=2711412849139767&id=1584034695210927