Sun. Sep 27th, 2020

जनकपुरधामको माटो सहित राम मंदिर शिलान्यासमा सहभागि हुन जानकी मंदिर महंथद्वारा भारतको अयोध्या प्रस्थान


भारतको अयोध्यामा श्री रस्सम जन्मभूमि शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधाम जानकी मंदिरको महन्थ श्री राम तपेश्वर दास वैष्णव अयोध्या प्रस्थान गरेका छन।

भारतको प्रधानमंत्री नरेंद्र दामोदर दास मोदीद्वारा बृहस्पतिवार श्रावण २१ अर्थात ५ अगस्टमा हुने श्री राम जानकी जन्मभूमि निर्माण प्रभारम्भ कार्यमा सहभागी हुन श्री एएम अंकित झंडा सहित महंथ तपेश्वर दास प्रस्थान गरेका छन।

आज संध्या कारसेकपुरम जानकीघाट, अयोध्या आउन यस अघि नै मन्दिर निर्माण समिति अध्यक्षले जानकी मंदिर महंथ श्री राम तपेश्वर दासलाई आमंत्रन पठाएका थिए।

सीताको नगरी जनकपुरधाम जानकी मंदिरको तर्फबाट चाँदीको पाँचवटा इँट, जनकपुरधामको पावन माटो, भारतिय प्रधानमंत्री मोदी र यूपिका मुख्यमंत्री योगीको निम्त्ति सम्मान पत्र महंथ आज ४ बजे प्रस्थान गरेका छन।