Sun. Sep 27th, 2020

जलेश्वरनाथ नगरपालिकाका २२ कर्मचारीमा कोरोना पुष्टि

जनकपुर। महोत्तरी,  जलेश्वर नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जलेश्वरनाथ नगरपालिकाको कार्यालयमा कार्यरत ५२ जना कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि जलेश्वनाथ नगरपालिका शिल गरिएको छ।