Sun. Sep 27th, 2020

पर्सामा कोरोना कहरको श्रृंखला: थप १८ वर्षिय युवतिको मृत्यु, श्रावणमै १३ जनाको मृत्यु

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको छ।

सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

त्यसपछि शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको छ।  पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ