Thu. Oct 29th, 2020

कोरोना: ग्रामीण क्षेत्रमा मास्क वितरण तथा सरसफाई, सचेतना फैलाउँदै चौधरी

नगराइन। पछिल्ला दिनहरूमा स्वास्थ सचेतनाको गम्भीरता विश्वस्तरमा निकै ठुलो फडको मारेको छ। निकै महत्वपूर्ण विषयको रूपमा जनमानसले लिनु पर्ने प्रमाणिक रूपमै भोगिरहेका पनि छन।

कोरोना भाइरस अर्थात कोविड-१९ माहामारीको बढ्दो संक्रमणले ग्रसित वि/ देस भित्र पनि संक्रमणबाट भैरहको क्षतिबारे पूर्ण सचेतना र सतर्कता आवश्यक देखिएको छ। तर ग्रामीण क्षेत्रसम्म लानु पर्ने यस्ता अभियान भने
सहर बाहिर केंद्रित हुन सकेको देखिएको छैन।

चाहिने मात्रामा त्यसता कार्यको पूर्ति सरकारी/ निजी स्तरबाट हरेक क्षेत्रमा सम्भव गरेदेखिन मात्र हरेक ठाउँ सहज वातावरण निर्माण सम्भव हुने छ।

ग्रामीण क्षेत्रमा यस्ता बेला अपनाउनु पर्ने सतर्कता बगैर अझसम्म निरधक्क हिडडुल गर्दै आएका छन। सरसफाईमा उचित ध्यान पुर्याउन सकेका छैनन।

तिनै कुराहरुलाई ध्यानमा राखेर नगराइन जटही निवासी प्रदीप चौधरी सहितका केहि व्यक्तिले दाताहरू तथा स्वमको सहयोगले महामारीबीच सरसफाई तथा मास्क वितरण अभियान गाउँ-गाउँमा संचालमा ल्याएका छन।

देवड़िया, गंगुली, राघोपुर लगायतका ठाउँमा मास्क वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न समेत गरेका उनि अहिलेसम्म हजारौं मास्क वितरण गरि सकेका छन।

यो अभियानको माध्यमले ग्रामीण क्षेत्रमा संक्रमणबाट बचाउँन र सरसफाईको महत्वबारे जनचेतना फैलाउँन कार्य्रकम कोरोना त्रास रहेसम्म अन्य बाँकी गाउँ ठाउँसम्म पनि लाने योजना उनले राखेका छन।