जनकपुर युवा संस्थाद्वारा गरीब परिवारलाई सहयोग

जनकपुरधाम।  आज मुस्लिमहरुको महान पर्व हजरत पैगम्बर मोहम्मदको जन्म दिनको (रबिउल अव्वल)को शुभ उपलक्ष्यमा जनकपुरका युवाहरूको एक संस्थाले सामाजिक कार्य गरेका छन।

जनकपुर-१३ हुँदै  सामाजिक कार्यलाई निरन्तरता दिंदै आज पुनः जनकपुर वार्ड नं.६ का एक गरीब असहाय महिला जुमेदा खातुनको छोरीको विवाहको निम्त्ति नगद रू १०,००० आर्थिक सहयोग गरेको छ।

सो रकम जनकपुर युवा नामक संस्थाको अध्यक्ष मो. नुर अलीको अध्यक्षतामा र मो. इमरान अली, मो.मुन्ना खान, मो.अलिमुदिन‌ राईन, अभिषेक चौधरी, मो.अरमान, धिरेन्द्र कुमार साहको रोहबरमा  हस्तांतरण गरिएको थियो।

उक्त नगद राशि कतारमा कार्यरत युवा अभियन्ता तथा साथीहरुको सहयोगबाट संकलन गरि जनकपुर युवा संस्था मार्फत सहयोग गरिएको छ।