करोनाले मधेशमा सेल्फी खिचिक्क खिँचायो है

सिरी संपादक जी नमस्कार ठोके है ।
करोनाले मधेशमा सेल्फी खिचिक्क खिँचायो है
बडा विचित्रको छ मधेश । बुझि न सक्नु भा छ हओ । सरकार र डब्लु एच ओलाई पनि धमास दियो।

दशैंको अवसरमा दशैंया ढोल,पिपही र नंगेरा पिट्दै सामाजिक दुरीको धज्जी उडाउँदा करोना पनि खूबै रमायो । विहान बेलुका ढोल पिपही र झिझियाको मज्जा लियो उसले । मेलामा नयाँ लौतारको त कुरै नगरौं बुढ पुरनियाँको पनि सेल्फी सोख र मोह देखेर उसलाई पनि बर्दास्त भएन ।

झिल्ली,मुरही र जेरी खाएर सेल्फी खिँचायो । पानी पुरी,झयाल मुरही,मनचुरीयन, च्याउमिन लगायतका थरि थरिका मधेशमा मैथिली,चाइनिज र ईण्डियन डिस पनि खूबै भोक्स्यो । मनतरी जनतरीको सोरस,फोरस लगाएर चढेको बोकाबलीका प्रसादी पनि हुर्नसम्म हुर्याे । जीवनजल र हजमोला चपाएर झिसमिसे साँझमा लोकल अड्डामा पलेँटी कसेर पियोर कसबालाको सुरुप्प चुस्की मार्दै ईन्टरनल सेनिटाइज भएर रातभरि अल्हारुदल,छोकडबाजी र नारी नृत्यको थिरकदै गरेको सुर,ताल र भजनसंध्यामा राति १२ बजेदेखि विहान आठ बजेसम्म र फेरि २बजेदेखि राति आठ बजेसम्म निकै झुम्यो ।

भसानको त कुरै छाडौ चौगम्मका मुन्छे जमघट भएका बेल जय दुर्गेको नारा लाउदै भगवतीका प्रतिमा विर्सजमा मात्रै होइन बेलन्यौतिदेखि बेलतोरी सम्म यसबर्ष बडा मज्जा उठायो उसले । चिसो हवाको झोक्काले च्वास्सै मुटुमा नै बिझ्ने जाडो ह्रवात्तै बढेपछि सुकराति र छठि पछि करोनाले सबैको हिसाब किताब लिने कुरा एकजना भगताले हाँकबाँक दिँदै च्यालेन्ज ठोके । त्यही भएर सञ्चेमञ्चे बस्नू होला ।

मलाई धान कटनी,अलु रोपाईको चटारो छ । धन्यवाद अरु अर्काे खेपामा । उही यहाँको सबदिनमा हितगर रिपोर्टर ।