Fri. Feb 26th, 2021

नेपाल बाल संगठन धनुषाको सभापति पदमा मोहम्मद रियाज साफी

जनकपुरधाम। नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत नेपाल बाल संगठन (Nepal Children’s Organization) तदर्थ जिल्ला कार्यसमिति धनुषाको सभापति पदको जिम्मेवारी मोहम्मद रियाज साफीलाई दिइएको छ।

नेपाल बाल संगठनको विधान, २०४९ को उद्देश्य अनुरुप नेपाल बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न एवम् त्यसको संरक्षण गर्न साथै संरक्षण बिहिन बालबालिकाहरुको सहारा बन्ने काममा प्रदान गरिएको जिम्मेवारी पुरा गर्ने भनि साफीले प्रतिबद्धता व्यक्त गरेका छन।

त्यसै तदर्थ समितिमा आनन्द कुमार झा र अमरदीप कुमार कर्ण ( रोशन) लाई मनोनित भएका छन।