Fri. Jan 22nd, 2021

दुहबी नाकामा अनिश्चितकालीन धर्ना प्रदर्शन: सिमा खुला करो!

 

धनुषाको विदेह नगर पालिकाको दुहबी-२ स्थित नाकामा मंसिर ३ गते बुधवार अर्थात भोली धर्ना प्रदर्शन गरिने भएको छ।

नेपाल-भारत खुला सीमा संवाद समूह आयोजक रहेको उक्त धर्ना प्रदर्शन अनिश्चितकालीन रहे तापनि समय सीमा १ बजे देखि ३ बजेसम्म रहेको आयोजक समूहको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल-भारत सीमा खुला गर!’ भन्दै शुरू हुने प्रदर्शन कहिलेसम्म चल्ने भने कुराको यकिन नभएर अनिश्चितकालीन हुने बताइएको छ। विज्ञप्तिमा स्थानिय ग्रामवासीलाई समेत प्रदर्शनमा सहभागिता जनाउन अपील गरिएको छ।

कोरोना माहामारीलाई लिएर दुई देसबीचको नाकाहरू सील गरिएका छन। यदपि भारत-नेपाल सरकारद्वारा विभिन्न नाकाहरु खोलिए तापनि औपचारिकरूपले जटही, दुहबी, भीट्टामोड़ लगायतका अन्य नाकाहरू खोलिएका छैनन।

उक्त वि रोध  संस्थाका अध्यक्ष राजीव झा रहेका छन।