Fri. Jan 22nd, 2021

बर्दिवासमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल सवार १ जनाको मृत्यु

महोत्तरी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।