Fri. Jan 22nd, 2021

बोर्डरस्थित सहीद दुर्गानन्द झाको स्मारकनीर गुलाब र न्यौपानेको सम्झनामा प्रदर्शन

धनुषा, नगराइन। राजा विरुद्ध बम फयाक्ने सहीद दुर्गानन्द झाको स्मारक रहेको जटही चोकमा स्थानियहरूले आज बलात्कार तथा हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको निम्त्ति प्रदर्शन गरेका छन।

महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भई सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएका सहीदलाई श्रधांजलि दिदै र दोषीलाई कारबाहीको मांग गर्दै सहीद दुर्गानन्द झा स्मारक जटहि नीर प्रदर्शन गरेका छन।

आज प्रर्दर्शित उक्त कार्यक्रमको संयोजकत्व प्रदीप चौधरीको रहेको थियो भने कार्यक्रममा दर्जनौं व्यक्तिको समावेशिता रहेको थियो।