Fri. Jan 22nd, 2021

ओलीको निर्णय विरुद्ध धनुषाको नगराइनमा कांग्रेसीको प्रदर्शन

नगराइन, धनुषा। वर्तमान नेकपा सरकार विरुद्ध कांग्रेसले  धनुषाको नगराइनमा समेत प्रदर्शन उखेलेको छ।

नेकपा सरकारको आपसी किचलो र संसद विघटन विरुद्ध आज नगराइनमा कंग्रेसले भव्य प्रदर्शन गरेको छ।

धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि विद्यालयबाट निकालेको उक्त जुलूस लग्मा नगराइन भएर पुनः नगराइन चोकमा आएर विभिन्न कार्यक्रमसँगै समापन गरेको छ।

‘केपी ओली चोर देस छोर!’ नारामा आएर समापन भएको उक्त प्रदर्शनले चोकमैं आफ्नो सभा गर्दै सो कार्यक्रम सम्पन्न गरेको थियो।

वर्तमान सरकारको निणर्य विरुद्ध थालिएको उक्त विरोध कार्यक्रममा नेपालि कांग्रेसका कार्यकर्ता तथा नेताको हजारौंमा सहभागिता रहेको थियो।

कार्यक्रममा कांग्रेसका  नेता तथा  प्रदेस सभा सदस्य राम सरोज यादव, निवर्तमान प्रतिनिधि सभा सदस्य स्मृति नारायन चौधरी, निवर्तमान जनकपुरका मेयर बजरङ्ग साह, नगराइन नगरपालिका मेहर परमेश्वर यादव, उप मेयर रीना साह सहित  शिक्षक संघ धानुषाका अध्यक्ष राम स्नेही यादव, कांग्रेसी शिक्षक नेता विजय झा सहित नगराइन वार्ड-२ का वार्ड अध्यक्ष देव नारायण यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो।