Fri. Jan 22nd, 2021

जनकपुरको प्रतिष्ठित संस्था मिनापमाथि सर्वसम्मतिको धांधली भएको आरोप

मिथिला नाट्यकलामा एकलौटी निर्णयको विरोध, कानुनी उपचारमा जाने चेतावनी

जनकपुरधाम, पौष २१ । मिथिला कला संस्कृतिको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ४ दशक पुरानो संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) मा सर्वसम्मतिको धांधली भएको आरोप लगाइदै गुनासाहरू बाहिरिएको छ। त्यसै विषयमा भएको

विरोध भिडिओ यहाँ हेर्नुसhttps://www.facebook.com/1240780215948305/posts/5518175228208761/

https://www.facebook.com/1240780215948305/posts/5518175228208761/

अस्तित्व संकटमा पारिएको भन्दै केही सदस्यहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

हिजो अबेर साँझ सम्पन्न ४१ औं साधारण सभाबाट नियम संगत नयाँ कार्यसमिति चयन गरिनुको साटो कानुन विपरित अध्यक्ष मण्डलद्वारा एक पक्षीयरुपमा निर्णय सुनाइएपछि असन्तुष्टिका स्वरहरु सुनिन थालिएको हो । संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको नामावली पढेर सुनाइएको र त्यसलाई सर्वसम्मती भन्दै प्रचार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै एक पक्षले संयूक्त विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्ती जारी गर्नेहरुमा अध्यक्ष पदका उम्मेदवार ललित कामत, कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार राय, सचिव पदका उम्मेदवार घनश्याम मिश्र र सदस्य कृष्णा सिंह रहेका छन् । अध्यक्ष मण्डलले सर्वसम्मत कार्यसमिति चयन गर्न नसकेपछि नियम संगत चुनाव गराउनुको साटो उल्टै विभिन्न पदमा परेको उम्मेदवारी र विरोधलाई समेत बेवास्ता गर्दै एकलौटी निर्णय सुनाएको प्रति आपत्ति जनाएका उनीहरले आफ्नो उम्मदेवारी अझै पनि कायम रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा ३ जना, सचिवमा २ जना र कोषाध्यक्षमा १ जनाले मात्र उम्मेदवारी दिएको अवस्थामा सदस्यहरुको मताधिकारको हनन गर्दै सात सदस्यीय अध्यक्ष मण्डलका संयोजक रमेश रञ्जन झाले मौखिकरुपमा नयाँ कार्यसमितिको नामावली घोषणा गर्नु आफैमा हाँस्यस्पद र काुननविपरित रहेको उनीहरुले आरोप लगाएका छन् । २१ औ सताब्दीमा पनि लोकतान्त्रिक मूल्य मान्यता विपरित गरिएको यस कार्य विरुद्ध असहमति जनाएका उनीहरुले ५ दिन भित्र विधानसम्मत निर्वाचन नगराइए काुननी उपचारमा जाने चेतावनी समेत दिएका छन् ।

यसका साथै विज्ञप्तीमा भनिएको छ “संस्थाको पदाधिकारी भएर पनि मिनापमै बसेर विभिन्न फरक नामका गैर सरकारी संस्था संचालन गर्ने व्यक्तिहरुको हालीमुहालीका कारण मिनाप र मिनापसंग आबद्ध कलाकारहरु अािर्थकरुपमा कमजोर हुँदै गइरहेकोछ, साधारणसभामा समेत सदस्यहरुद्वारा मिनापको लेटर प्याडको दुरुपयोग भइरहेको आवाज उठिरहँदा त्यस्तै व्यक्तिहरुलाई नयाँ कार्यसमितिको लिष्टमा राखेर गैर वैधानिक तवरले गरिएको मौखिक घोषणालाई हामी अस्वीकार गर्छौ, यस विषयमा पनि अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए हामी कडा संघर्षको कार्यक्रममा जाने यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं । ”