Fri. Jan 22nd, 2021

एंटाद्वारा फेरि चेक हस्तांतरण

 

घनश्याम मिश्र । महोत्तरी , पुष २२ गते । अमेरिकामा रहेको एक संस्था एंटाले महोत्तरीको जलेस्वर अस्पताललाई स्वास्थ्य उपकरण डायलासिस मेसिन खरीद गर्न झन्डै २० लाख बराबरको राशि सहयोग गरेको छ ।

सामाजिक विकास राज्य मंन्त्री अभिराम शर्माको प्रमुख आतिथ्यमा एंटाका संस्थापक अध्यक्ष रतन झाले सोमवार एक कार्यक्रम विच उपकरण खरीद गर्न रकम चेक हस्तांतरण गरेका छन ।

महोत्तरीको जलेस्वर अस्पतालमा डायलासिश मेसिनको अभावका कारण किड़नी विरामीलाई अब आउने दिनमा बाहिर जाने झंझटको सामना गर्न न पर्ने कार्यक्रमका वक्ताहरुले बताएका छन ।

अमेरिकामा रहेका तराई मधेश मुलका ब्यक्तिहरुले गरेको आर्थिक सहयोगले खरीद गर्ने स्वास्थ्य उपकरण महोत्तरीबासीको लागि सुखद भएको राज्य मन्त्री शर्माले खुसी व्यक्त गरे ।

उनले अब यथाशिघ्र उपकरण खरीद गरेर जड़ान गर्नु पर्ने अबश्यक्ता औल्याये । राज्य मन्त्री शर्माले भने, ‘अब यथाशिघ्र मशीन खरीद गरेर डायलासिसको कार्य सुरु गर्नु पर्छ ।’

चेक हस्तांतरण कार्यक्रममा प्रदेश २ प्रदेश सभा सदश्य रानी शर्मा तिवारीले सहयोगको लागि संस्थालाई धन्यवाद दिदै अफुले जितेको निर्वाचन क्षेत्रको जलेस्वर अस्पतालमा यो उपकरणले यस क्षेत्रको जनतालाई स्वाथ्यलाभ लीन अब सहज हुने बताइन ।

एंटाका प्रतिनिधि संस्थापक अध्यक्ष रतन झाले यो सहयोग अमेरिकामा रहेका सकारत्मक परिवर्तन चाहने मधेश तराई मुलका व्यक्तिले नै आर्थिक सहयोग जुटाएर सहयोग गरेको जिकिर गर्दै ,’अस्पतालमा विरामीलाई राम्रो व्यवहार गरेर सेवा दिन डॉक्टरलाई मेरो आग्रह छ ।’

चेक हस्तांतरण कार्यक्रममा अस्पताल बिकाश समितिका अध्यक्ष , उद्योग बाणिज्य संघ महोत्तरीका प्रतिनिधि, जनता समाजवादी पार्टी नेपालका नेता तथा जलेस्वर नगरका प्रमुख सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।