Fri. Feb 26th, 2021

प्रदेस २ मा भोली सार्वजनिक विदा

प्रदेश न. २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरिएको हो ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ ।