Fri. Feb 26th, 2021

आजको मधेस अधिकारको नाउँमा बलिदानी दिने दिन

५ माघ । दुई नम्बर प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको हो ।

प्रत्येक वर्ष माघ ५ गतेका दिन मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा बलिदानी दिवस मनाइने गरिन्छ ।

सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आइएको छ ।