Fri. Feb 26th, 2021

पढ्नेलाई ओढ्ने……..

 

धनुषा , माघ ०५ गते। समय बिहानको दश बजेको थियो । विद्यार्थीहरु आफ्नो कक्षाकोठामा डेस्क बेंच चिहार्दै आफ्नो स्थान बनाउदै ब्यस्त थिए । शिक्षक कति बेला आउने र हाजिरी बोल्ने भनेर पर्खेका थिए विद्यालयका सबै स सना छात्र छात्राहरु । कक्षाकोठा थोडै अस्त व्यस्त र विद्यार्थीहरुको कोलाहलले गुंजायमान थियो श्री रामजानकी आधारभूत विद्यालय ।

शिक्षकसँगै केहि ब्यक्तिहरु हाथमा प्लास्टिकको पोको बोकेर कक्षाको प्रवेश गरे सँगै स सना कलीला उमेरका शिशुकक्षाका छात्र छात्रा अक्क न बक्क भए । युवा मंच एवं प्रदेश २ का सुरक्षा सल्लाहकार पूर्व एआईजी विजयलाल कायस्थको सहयोग, मिथिला फाउन्डेसनको आयोजन तथा जनकपुर धाम उपमहानगर पालिका वडा ७ का अध्यक्ष जानकीराम साहको समन्वयमा बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई कम्बल वितरण गर्न आएको प्राध्यानाध्यक लट्टू साहले के सुनाएका थिए

कक्षाकोठामा भएका सबैले सम्मानमा ताली ठोके ।
मिथिलाका चर्चित चित्रकार सुनैना ठाकुरले ‘तपाई सबै पढ्न आउनेलाई हामीले ओढ़ने कोशेली लिएर आएको’ सुनाऊं साथ उपस्थित स सना बालबलिकाको अनुहारका चमक देखियो । मिथिला फाउन्डेसनका संस्थापक अमित झाले आफूहरु विगत ९ वर्ष देखी सहयोग स्वरूप यो कार्य गर्दै आएको र यसमा हामीलाई सहयोगीहाथहरुले सघाएको सुनाए ।

यो विद्यालयमा खाश गरेर आर्थिक रुपमा कमजोर, विपन्न, गरीब र असहाय घर परिवारका छात्र छात्राहरु पढ्ने गरेको प्रधानाध्यक लट्टू साहले पालिका खबरलाई बताए । साहका अनुसाहर यो कार्यले विधार्थीहरुलाई मनोबल बढाउनुका साथै निरंतर विद्यालय जानू पर्छ भन्ने मनोविज्ञानको बिकाश गर्ने तर्क गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष जानकिराम साहले विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई चिसोमा यो ओढ़ने वरदान नै साबित भएको बताए ।

उनले गरीब परिवारका यिनी बालबालिका हरुलाई पढ़ाई प्रति समेत लगाव बढाउने र विद्यालय सधै जानू पर्छ भने भावना जगाउने प्रतिक्रिया दिए । वडा नं ७ को रामजानकी आधारभूत विद्यालयमा अहिले विशेष गरेर मुसहर, डुम, चमार समुदायका छात्र छात्राहरु बढि रहेको छ । सुरु सुरुमा बिद्यालयमा पढ्ने विद्यार्थीको संख्या न्यून भएपनि विद्यालयको स्तरउन्नति र कक्षाकोठा बढ़ेपछि अहिले विद्यार्थिहरुको संख्या ह्वातै बढेको छ।

अहिके विद्यालयमा ३५० बढि विद्यार्थीहरु पढ्दैछन । विद्यालयमा छात्र छात्राको लागि छुट्टा छुट्टै शौचालय , खाने पानीको व्यवस्थापन गरिएको छ । धनुषाको अन्य सामुदायिक विद्यालय भन्दा राम्रो अवस्थामा रहेको यो विद्यालयमा विद्यार्थीको कृयाकलाप र सुरक्षालाई ध्यान दिएर सिसिटीभी समेत जड़ान गरिएको छ । कार्यालय त झन ब्यवस्थित रहेको छ ।