Sun. Apr 18th, 2021

असहायलाई युवा नेटवर्किंगमॉर्फत आर्थिक सहयोग जारी

जनकपुरधाम। युवाहरुको एक समूहले गरीब, असहायलाई नेटवर्किंगमॉर्फत सहयोग उपलब्ध गराउँदै आइरहेका छन।

मुस्लिम युवा समाज नेपाल कतारद्वारा बिगतदेखि नै पटक पटक असहाय हरूलाई सहयोग उपलब्ध गराउँदै आफ्नो पारदर्शिता सहितको भिडिओ र फोटो सहित समाजको त्यो वर्गसम्म सहयोगी कार्यलाई निरन्तर जारी राखेका छन।

पछिल्लो कार्यमा, जनकपुर उपमहानगर पालिका वडा नं. २५ लोहनाका एक गरिब असहाय महिला नाजो खातुनकी छोरी बिवाहको लागि नगद रू २१००० आर्थिक सहयोग गरी छोरी विवाहको खातून परिवारको सपनालाई मद्दत गरेका छन।

सो रकम मुस्लिम युवा समाज नेपाल कतारका अध्यक्ष मो. जैनुद्दीन अन्सारीको अध्यक्ष्यतामा र मुस्लिम युवा समाज नेपाल जनकपुरका उपाअध्यक्ष मो.अलिमुद्दीन राईन, कोषाध्यक्ष मो. सदाम हुसैन र सदस्य रबानी दर्जी, सरिफ दर्जीको रोहबरमा सहयोग राशि हस्तान्तरण गरेका छन।