Sun. May 16th, 2021

…अनि स्थापना भयो जनकपुरमा धनुषा च्याम्बर ऑफ कमर्स!

जनकपुरधामः आज जनकपुरमा जनकपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन मतगणनालाई लिएर प्रहरी र प्रदर्शनकारीबिच झडप नै भयो।

उद्योग वाणिज्य संघको जनकपुर शाखाको लागि भैरहेको मतगणना विषयलाई लिएर अध्यक्ष पदको उम्मेदवार जितेंद्र प्रसाद साह, वरिष्ठ उपाध्यक्ष सुरेंद्र भण्डारी लगायतका उम्मेदवारहरू स्वम् नै निर्वाचनमा धांधली भयो भन्दै विरोधमा ऊत्रिए।  उनका समर्थकहरू भने टायर बालेर प्रदर्शन नै गरे।

मतगणना पत्र नै साविकको मतदाता संख्या भन्दा बढी खसालेको आरोप समेत सो पक्षले  लगाए। जनकपुरधाम उधोग वाणिज्य संघको निर्वाचनमा जम्मा खसेको ४३११ मतमा आज गन्ने क्रममा एकैचोटिमा १ सय भन्दा बढी मतपत्र  फेला परेको आरोप वरिष्ठ उपाध्यक्ष सुरेंद्र भण्डारीले लगाएका छन।

उमेदवारहरुद्वारा मत गणना पछिको मुचुल्का माग भयो र अंततः सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा  मुद्दा समेत दायर गरीएको छ।

तर यो विषय नयाँ होइन

 यसपूर्व भएको जनकपुर उद्योग वाणिज्य संघको चुनावमा समेत यसै किसिमको आवाज सुनीएको थियो। विजय साह वरिष्ठ उपाध्यक्ष पद्मा र  सरोज मिश्र  उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको चुनावमा समेत एकै किसिमको मतदाता परिचय पत्र अनेक थान प्राप्त गरेपछि मिश्रले सो कुराको विरोध समाजिक सञ्जालमा फोटो सहित नै पोस्ट गरेर गरेका थिए।

जनकपुर उद्योग वाणिज्य संघको चुनावमा व्यापक सेटिंग हुने गरेको यो पहिलो आरोप होइन। यस पूर्व पनि मतदाताको संख्या भन्दा बढी भोट खसेको, भोट खसाल्न पुगेका वव्यवसायीको भोट ऊनि पुग्नु अगावै खसेको जस्ता गुनासा नयाँ होइन।

त्यसै विरुद्ध वर्ष १२०७५ मा स्थापना भयो धनुषा च्याम्बर ऑफ कमर्सको।  सरोज मिश्र, विजय साह, कृष्ण देव महतो, हिरा पूर्वे, जानकी रमण झा,  राजु कांत कापड लगयतका व्यक्तिहरूको पहलमा  जनकपुर उद्योग वाणिज्य संघ विरुद्ध  समानांतर धनुषा च्याबर्स ऑफ कमर्स नै गठन गरे।

आज उक्त संस्थाले व्यापारीहरूको विश्वनीयता समेत हांसिल गरेका छन। समावेशी संस्थाको रुपमा च्याम्बर ऑफ कमर्ष व्यापारीहरू माझ स्थापित भएको छ। धनुषा च्याम्बर ऑफ कमर्सले सदस्यता संख्या पनि जनकपुर उद्योग वाणिज्य संघको हाराहारीमै बढाएको छ।

स्वच्छ र लोकतांत्रिक परिपाटी अनुरूप हुनु पर्ने जनकपुर उद्योग वाणिज्य संघको चुनावको छवि पछिल्लो वर्षहरुमा निकै धुमिलो भएको हो। नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना विरुद्ध असन्तुष्ट पक्षले निर्वाचन समितिविरुद्ध विरोध प्रदर्शन गरेपछि झडपको स्थिति सृजना हुँदा आज सो कुरा सतही रुपमा प्रश्टिएको छ। अवस्था तनावग्रस्त बनेपछि मतगणना स्थल गोपाल धर्मशालामा धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर प्रदर्शन समेत गरेका हुन।

प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेको प्रहरीको दावी छ। लाठी चार्जबाट पाँच जना भन्दा बढी प्रदर्शनकारी सामान्य घाइते भएका छन्।