Sun. May 16th, 2021

ओली र ठाकुरबीच लामो छलफल, सहमति नजिक वार्ता

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विचमा विहिवार तीन घन्टा लामो छलफल भएको छ ।

वदलीदो राजनितीक अवस्थामा सता समिकरणमा महत्वपुर्ण बने पछि जसपा प्रति सबै प्रमुख दलहरुको नजर परिरह्दा ठाकुर विहिवार विहान ९ वजे वालुवाटार छिरेका थिए । उनी त्याहा प्रम ओली र केहि समय अघि गठन भएको सरकार जसपाको कार्यदल सदस्यहरु संग पनि छलफल गरेका थिए ।

स्रोतका अनुसार आज विहान ९ वजे ठाकुर सहित जसपाका कार्यदल सदस्यहरु सवेन्द्रनाथ सुक्ला र लक्ष्मणलाल कर्ण पनि वालुवाटार छिरेका थिए । जसपाका यी नेताहरु संग प्रम आली सहित कार्यदलमा प्रमको तर्फवाट रहेका सुुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराई पनि वालुवाटार पुुगेका थिए ।

ठाकुर र प्रम ओली सहित कार्यदलका सदस्यहरु एक घन्टा वसेको र त्यस पछि प्रम ओली र ठाकुर एक्लै दुुई घन्टा जती छलफल गरेको जनाएको छ ।

अघिल्लो हप्ता मात्रै जसपाले आफना नेता तथा कार्यकर्ता माथी मधेश तथा थरुहट आन्द्योलनताका मुद्धाहरु लागेका २ सय ८ थान कागजातहरु गृहमन्त्रालयमा पेश गरेका थिए ।

प्रधानमन्त्री ओली जसपाले उठाउदै आएका मुद्धा फिर्ता, बन्दीहरु रिहाई र संविधान संशोधनको मुद्धामा साकारात्मक बने पछि जसपाले संवाद अगाडी वढाएका थिए । यद्यपी जसपाका नेता उपेन्द्र यादव र बाबुराम भटराई यसको विरोध गर्दै आइरहेका छन । यादव र भटराई गत मंगलवार मात्रै काग्रेस सभापति शेरबहादुर देउवासंग भेटेका थिए ।