मधेसी युवाको आकर्षण मन्त्री र अध्यक्ष मण्डल होईन, मात्र मधेसवाद!

पछिल्ला घटनाक्रममा निकै उतार चढ़ाव आएको छ।
मधेसीहरू केंद्रीकरणको विरोध यथावत रहे तापनि युवाहरुको त्यो जमात जो मधेसवाद प्रति निकै प्रतिबद्ध छन् तिनी निर्वाचित मधेसी जनप्रतिनिधिहरूको विरोध पनि खुलेरै गर्न थालेका छन।

पछिल्ला घटना क्रमकै उपज हो, असारे विकास कार्यक्रमको योजना निर्माण गर्दै होटल बसेका जनप्रतिनिधिका मन्त्रालय देखि अन्य निकायहरूको पर्दाफास स्थानिय स्तरका पत्रकार र केहि युवाहरूले गर्दा त्यसता कार्यहरुको विरोध चौतर्फी शुरू भएको छ।

राजपा संबद्ध युवा तथा समाजसेवी मनोज साहले
होटेलहरुमा बसेर असारे बिकासको मुल्यांकन तथा चेक बनाउनु मधेसको मुद्दालाई कमजोर पार्नु हो भन्ने अभिव्यक्ति व्यक्त गरेका छन।

‘मन्त्रालयको कार्य मन्त्रालयमा हुर्नुपर्ने ठाउमा नभई होटेलमा गर्नु कमिशनबाजी होइन भन्ने अरु के हो।सम्पुर्ण मधेसी जन्ताको लागी शंकाको बिषय हुनु स्वभाविक हो।’ , उनले नेपालिक्स समक्ष व्यक्त गरे।

उनले थपे, ‘रास्ट्रिय अध्यक्षहरुले बेलामै मन्त्रीहरुको मनोमानी ढङ प्रती लगाम लगाइएन भन्ने मधेसवादको राजनीति दीर्घायु हुन सक्दैन!’

उनले दुःख व्यक्त गर्दै भने, ‘ यस्ता कृयाकलापलाई पुन:नदोहोर्‍याउन मन्त्री सँगै संगलग्न हरेक कर्मचारिहरुमाथी कारवाही हुनु पर्छ।
आ-आफने क्षेत्रकोलागी मन्त्रीहरु कऱोडों बजेट खर्चिन हुने तर धनुषाको लागि कर्मचारीहरुको आभाव त कहिले संघीय सरकारको त्रुटि जस्ता बाहानाहरु देखाई आ- आफनै कार्यकर्ता पाल्ने प्रवृत्तिले गर्दा पार्टी पुरै बदनाम हुने अवस्था सृजना भएका छ।’

धनुषाको क्षेत्र न.२ मा राजपाले फोरमलाई तिनवटै सिट दिएका छन र फोरमका तिनवटै उम्मेदवारहरू जितेका पनि हुन तर चुनाव सम्म मात्र गठबन्धन कायम राखी वर्तमानमा राजपाप्रति मोह राख्ने जनतासँग सौतेला व्यवहार गर्नुले राजपाका नेताकोलागी संगठन जोगाउनु चुनौतीपूर्ण रहेको कुरा खजुरी घर भएका युवा नेता मनोज साहले बताए।

जनकनन्दिनी गाँउपालिकामा अहिले कमला नदिबाट आएको बाढीले हाजारौ घर बिस्थापित र पीडित भएका छन तर राजपाका निर्वाचित प्रतिनिधिहरु कुनै चासो नराखेका गुनासो समेत पोखेका छन।

उनले नेपालिक्ससँगको कुरामा विभिन्न मुद्दा प्रति आफ्नो असहमति जनाउँदै भने, ‘ हामी अहिले पनि आन्दोलन मै छौं, आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको छ र जनतासँग गरेका वाचा र शहिदहरुको सपना अझै पूरा भएको छैन।मधेसी युवाका आकर्षण मन्त्री र अध्यक्ष मन्डल होईनन, मात्र मधेसवाद हो, त्यसकारण पनि केहि असहज परिस्थितीको सिर्जना भएको छ होइन भने यो बाँध जून दिन टूटने छ त्यो दिन नै यिनी शाषक मानसिक्ताधारी मधेसी भ्रष्ट नेताहरुको निम्ति अंतिम दिन हुनेछ!’

मधेसको लागि सहादत दिएका सहिदहरुको राजनैतिक इतिहासले कहिले त्यस्तालाई कहिले माफ नगर्ने समेत युवा मनोज साहले बताएका छन।