घरहरू बचाउन अंतिम समयमा जानकी मन्दिरको पर्खाल तोडिएको हो: वार्ड अध्यक्ष साह

साविक रहेको जानकी मन्दिरको पर्खाल केहि व्यक्तिको घर बचाउन तोड़िएर मन्दिरको बगैचाभित्र पर्खाल सारिएको कुराको व्यापक विरोध भैरहेतापनि सम्बंधित निकायले दुबै तीर पर्खाल तोडिएको भन्दै सफाई दिई रहंदा जानकी मन्दिर, वार्ड -३ का वडा अध्यक्ष भने जानकी मन्दिरको पर्खाल विषयक अन्तर्वार्तामा निकै कुरा प्रष्ट परेका छन। दुधमत्ती पत्रिकालाई दिईएको अन्तर्वार्तामा मन्दिरको पर्खाल विषयमा साहले मन्दिरको पर्खाल विषयक सवाललाई यसरी उत्तरित गरेका छन-

१. जानकी मन्दिरको सडक फराकिलो गर्दा केहि व्यक्तिको घर बचाईएको निकै चर्चा भैरहेको छ?
– हो, मैले आँफै देखेको थिए, जानकी मन्दिरको हालै तोडिएको पर्खाल भन्दा उत्तरतर्फ केहि घरहरुमा चिनो लगाएर पनि घरहरू बचाइएको छ। मैले देखेको थिए, पौने ६ फिट, पौने ५ फिट चिनो लगाइएको तर अंतिम समयमा घरहरू बचाइएको छ।

२. ति घरहरू किन बचाइएको होला?
– त्यो मैले पनि बुझ्न सकिरहेको छैन तर यो पनि सत्य हो विना स्वार्थ कसैले कसैलाई बचाउदैन। जून घर अहिले ५ करोडको छ चिनो लगाएको अनुसार तोडियो भने २ करोड़मा सीमित हुनेछन। तयस्कारण त्यसलाई कसैले सित्तैमा बचाएको हो भन्ने मलाई लाग्दैन।

३. व्यक्तिको घर बचाउन जानकी मन्दिरको पर्खाल तोड़िएकै हो?
– त्यसमा कुनै सन्देह छैन। जानकी मन्दिरको पर्खाल तोड़ि रहंदा म त्यहाँ पुगेको थिए। राति साढ़े नौ बजे सो पर्खाल तोडिएको हो।
त्यो बेला डोजरबाला अतिरिक्त होटल व्यवसायी हंसराज थिए।
मैले प्रतिवाद गर्दा उनीहरु म सँग विवाद गर्न खोजें।

५. कतिले मेयर लाल किशोर साहले मन्दिरको पर्खाल तोडन लगाएको भनिरहेका छन नि?
-सबैले आएर हेर्नुपर्छ, गल्ती कहाँ भएको छ। यथास्थितिमा गल्ती भएकै हो। यस्तो स्थितिमा गल्ती सुधार्ने तर्फ सबै जना जानु पर्छ। गल्ती गर्नेलाई दण्डित गर्नै पर्छ।

६. तपाइको मेयर लाल किशोर साह सँग राम्रो संबन्ध रहेको छ, यस घटनाले तपाइको संबन्ध निकै विग्रेको सुन्नीन्छ त?
– संबन्ध विग्रेको डर ले जानकी मन्दिरको पर्खालै तोड़ाई दिनु आफ्नो विवेकले मांदैन। हो यो पनि सत्य हो जून वडा अध्यक्षको मेयर सँग राम्रो संबन्ध छ त्यसलाई बढी बजेट दिन्छ। बजेटको लागि मेयरको पछाडि – पछाडि हिड्नु पर्छ।