जनकपुरमा प्रहरी भ्यान र बाइक एक-आपसमा ठोक्किदा एकको मृत्यु

 

  • घनश्याम मिश्र

असोज १५ जनकपुरधाम । जनकपुरमा आज विहान प्रहरी भ्यानले एक बाइकलाई ठक्कर दिंदा बाइक सवार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुने युवक स्थायी धनुषाको धनौजी घर भई हाल जनकपुर ४ डेरा गरी बश्ने अंदाजी वर्ष १८ का मनीष मण्डल रहेको जनकपुर अंचल अस्पतालले जनाएको छ ।

बाइक सवार अर्का युवा जनकपुर ४ का वर्ष १६ का नजीरुल अंसारीको उपचार अहिले अंचल अस्पतालमा हुँदैछ । अनटेस्ट २२० पल्सर बाइक र धनुषा प्रहरीको ना.१ ग. ४७९ नंबरको प्रहरी भ्यान एक आपसमा ठोकिएको थियो ।

धनुषा प्रहरिका प्रवक्ता रामेस्वर कार्कीले प्रहरीको ठुलो भ्यान सर सफाई गरी फर्कि रहेको बेला अत्याधिक गतिमा आएको बाइक गाड़ीमा ठोकिएर दुर्घटना भएको बताएका छन ।

बाइक विद्यापति चौक दक्षिण तर्फबाट राम चौक उत्तर तर्फ तीव्र गतिमा आईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन ।
बाइकले विपरीत दिशामा गईरहेको नेपाल प्रहरीको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात तत्काल जनकपुर अंचल अस्पताल उपचारको लागि ल्याइएको मनिसलाई डॉक्टर असलम साहले मृत घोषणा गरेका थिए । डॉक्टर असलमले भने एकजना बाइक सवार अस्पताल आउँदा मरी सकेका थिए ।

घटना वारे जिल्ला ट्राफीक प्रहरी कार्यालय धनुषाले घटनास्थल पुगेर अनुसंधान गरी रहेको जनाइएको छ ।