अवैध उत्खनन विरोधी दिलीपको हत्या आरोपी विपिन पक्राउ

धनुषा। धानुषामा अवैध उत्खन्न भैरहेको कार्य चौतर्फी चासोको विषय नरहेको होइन। तर त्यस विरुद्ध कुनै ठोस कदम भने अझै न चालिएकोले नै तस्करहरुद्वारा घटाइएको दिलीप हत्या प्रकरणको कि निकै भर्तस्ना हुनुपर्ने हो।

धनुषामा अवैध उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा चुरियामाई बालुवा प्रषोधन केन्द्रका सञ्चालक विपिन कुमार महतोलाई प्रहरीले पक्राउ गरिएको छ ।

शनिबार दिलीपको हत्या आरोपी  विपिनलाई विहानै जनकपुरधाम उपमहानगरपालिका–१ भानुचोक नजिकबाट पक्राउ गरिएको हो ।  बिहान १० बजे नियन्त्रणमा लिइएको छ। प्रहरीले शुक्रबार नै दिलिपका साथी रोशन यादव र टिप्पर चालक मुनिन्द्र महतोलाई पक्रे पनि विपिन आज पक्राउ परेका हुन।

शुक्रबार बिहान ३:५० तीर नदीमा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या भएको थियो । परिवारजनले क्रसर सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।