Fri. Feb 26th, 2021

मधेस सहीदलाई २५ लाख सहयोग देखि ११७ जनाको सहादत…

राजविराज, ६ माघ । २०६३ साल माघ ५ गते मधेस आन्दोलनका क्रममा सिरहाको मझौरा निवासी विद्यार्थी रमेश महतो प्रथम सहिद भएका थिए । आन्दोलनका क्रममा उनीसहित पाँच जनाले सहादत प्राप्त गरेका थिए ।

बलिदानी दिवसको अवसरमा आइतवार सिरहाको लहान स्थित रमेश महतो लगायतका सहिदहरुको शालिकमा उपेन्द्र यादव सहितका नेताहरू माल्यार्पण गर्दै देखिएका छन।

मधेस आन्दोलन क्रममा सहीद हुनेहरूलाई ५० लाख दिने घोषणा गरेपनि उक्त अवसरमा शहीद परिवारलाई जनही २५ हजार नगद सहयोग गरिएको जनाईएको छ।

त्यस्तै प्रदेश २ सरकारद्वारा पर्साको वीरगन्जमा बलिदानी दिवस भव्यताकासाथ मनाईएको छ । प्रदेश नम्बर २ सरकारले आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच वीरगञ्जमा समेत सो दिवस मनाउँदै देखिएका छन।

सरकारबाट बाहिरिए देखिन मधेसको पक्षमा सशक्त आवाज बुलंद गर्दै आइरहेका यादव गत वर्ष असोज ३ लगायतका सरकार विरोधी गतिविधिमा खासै सक्रिय नदेखिए पनि यस वर्ष  मधेस मामिलमा निकै सक्रिय देखिएका छन।

सहिदहरुको सपना साकार पार्न आफुहरु संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘सहिदहरुको बलिदानलाई खेर जान नदिन हामी कुनै कसर बाँकी राख्ने छैनौं, अझैं पनि संघर्षकै क्रममा छौं ।’

शहिदहरुकै बलिदानीले देशमा संघीयता आएको बताउँदै अधिकारसहित पहिचानकालागि संघर्ष जारी रहेको उनले बताएका छन।

मधेश आन्दोलनका क्रममा २०६३, २०६४, २०७३ र २०७४ गरी चार पटक मधेस आन्दोलन गरिसकेका छन् । प्रदेश सरकारको तथ्याङ्क अनुसार पहिलो मधेस आन्दोलनमा ५४, दोस्रोमा ५६ र ०७३ सालको तेस्रोमा ५ तथा २०७४ सालको चौथो आन्दोलनमा दुई गरी कुल १ सय १७ जनाको मृत्यु भईसकेको छ ।

वीरगञ्जमा आयोजित कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका पूर्व अध्यक्ष महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललगायतले सम्बोधन गरेका थिए भने बलिदानी दिवसको अवसरमा आइतवार सिरहाको लहान स्थित रमेश महतो लगायतका सहिदहरुको शालिकमा उपेन्द्र यादव माल्यार्पण गर्दै देखिएका थिए।